Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने


९ चैत्र ,लुम्बिनी । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ फाइनलमा पुग्न सफल भएको हो । निर्धारित समयमा दुई–दुई गोल बराबरीमा टुङ्गिएको खेलको ट्राइब्रेकरमा फ्रेन्ड्स क्लबका असिम भुसाल र डोना थापाले प्रहार असफल भएपछि मनाङको जित सुनिश्चित भएको हो । जसमा मनाङ चार–तीन गोलले विजयी भयो ।

खेलको सुरुआती अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । पहिलो हाफको सातौँ मिनेटमा फ्रेन्ड्सका रफिक अमिनोले गोल गरेका थिए । खेलको २६औँ मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफसम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लब दोस्रो हाफको दुई मिनेटमै गोल खान पुग्यो । मनाङका प्रशन्न श्रेष्ठले बराबरी गोल गरे ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र नजिता ट्राइबेकरबाट लिइएको थियो । असिमको प्रहार गोलपोष्टको माथिल्लो भागमा ठोक्किएर बाहिरिएको थियो भने डोनाको प्रहारलाई विपक्षी किपरले फर्काएर असफल बनाइदिए । आजको खेलमा मनाङका क्याप्टेन आशिष गुरुङ म्यान अब दि म्याच घोषित भए ।

यससँगै अब तिलोत्तमा गोल्डकप उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । मनाङले गोल्डकपको उपाधिका लागि अब सुदूरपश्चिम–११ सँग चैत ११ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताका विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?