Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अबको सरकार धारा २ कि ३ अन्तर्गत? शीर्ष नेताहरूसँग संवादकाे तयारीमा राष्ट्रपति


काठमाडौँ । राजनीतिक दलहरूबीच अबको सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत बन्ने कि ३ अन्तर्गत भनेर बहस चलिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले अन्यौल प्रकट गरेका छन् ।

गृहजिल्ला तनहुँको एक टोलीसँगको बुधबार शीतल निवासमा भएको अनौपचारिक भेटघाटमा राष्ट्रपति पौडेलले संविधानको कुन धाराअन्तर्गत नयाँ सरकार गठन हुन्छ भन्नेबारे अन्यौल व्यक्त गरेको एक सहभागीले बताए । प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि नयाँ प्रधानमन्त्री नियुक्तिमा राष्ट्रपतिको चासो रहेको छ । शीर्ष नेताहरूसँग आफ्नो संवाद हुन नसकेका कारण अब विश्वासको मतको प्रक्रिया सकिएपछि नै त्यसबारे छलफल हुने विश्वास उनको छ ।

भेटका सहभागीका अनुसार राष्ट्रपतिले शीर्ष नेताहरूसँग संवाद गर्न खोजेका छन् । यद्यपि काँग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र विश्वासको मत पाइसकेको र यसबीचमा चौथोपटक विश्वासको मत लिन लागेकाले अब धारा ७६ को उपधारा ३ आकर्षित नहुने बताएका छन् ।

धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिन नसक्दा मात्र उपधारा ३ बमोजिम ठूलो दलको नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ । तर, यसपटक प्रधानमन्त्रीले धारा ७६ को उपधारा ४ बमोजिम नभएर धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।


प्रकाशित मिति: २६ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?