Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयो: सहमहामन्त्री आङदम्बे


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन्।नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले यस्तो बताएका हुन्।

पार्टीले आदिवासी र जनजाति समुदायका प्रतिनिधिलाई उचित स्थान र जिम्मेवारी दिन नसक्दा आफ्नो पहिचान गुमाउँदै गएको उनले उल्लेख गरे। ‘पार्टीभित्र पहिचानको कुरा गर्ने बित्तिकै एकखाले नेताहरूलाई यसले जातियताको मात्र कुरा गर्‍यो भन्ने लाग्छ। तर, त्यस्तो होइन, पहिचान भनेको जातिको र व्यक्तिको पनि हुन्छ। पार्टीको पनि हुन्छ। नेपाली कांग्रेसको पनि आफ्नै पहिचान छ।

सहमहामन्त्री आङ्देम्बेले पार्टीले आफ्नो पहिचान चिन्ने कोसिस नगर्दा थप कमजोर बन्दै गएको उल्लेख गरे। संघ, प्रदेश र स्थानीय तहमा पहिलो पार्टीको रूपमा रहेपनि त्यसको अनुभुति गर्न नसक्नुको प्रमुख कारण नै कमजोर पहिचान भएको उनको भनाइ छ।

‘सबै जातजाति र समुदायको प्रतिनिधित्व भए पार्टी हारे पनि जितेको महसुस गर्न सकिन्छ। थप ऊर्जा र उत्साहका साथ आउने दिनलाई जितमा परिणत गर्न सजिलै सकिन्छ। त्यसकारण पार्टीले आफ्नो पहिचानको खोजी गर्न सक्नुपर्दछ,’ उनले भने।


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?