Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

१० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित


काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ २९ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ३० गतेको निर्णयले प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू श्याम कृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भिम बहादुर दाहाल र नान्तीराज गुरूङ, प्रहरी उपरीक्षकहरूमा प्रदिप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्त राम शर्मा र एक नारायण कोईराला तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरूमा उमेश प्रसाद साह र ई. मुकेश तिवारी रहनुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिले सुविधाको मात्र नभई प्रहरी अधिकृतहरूको विश्‍वास र जिम्मेवारी बढेको चर्चा गर्दै थपिएको दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिनुभयो । संगठनलाई केन्द्रमा राखेर संगठनको वृहत्तर हितका लागि आग्रह पूर्वाग्रह भन्दा माथि उठेर गरिएको सम्पूर्ण प्रहरी कर्मचारीहरूको साझा प्रतिवद्धता सामूहिक साथ र सहयोगबाट नै सांगठनिक सुदृढिकरण र लक्ष्य प्राप्त हुने कुरामा विश्‍वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले पदोन्नतिसँग प्राप्त जिम्मेवारी एवम् उत्तरदायित्वलाई उच्च व्यावसायिकता, नैतिकता र निष्ठापूर्वक सेवा भावकासाथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?