Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

जन्मदिनमा एक करोड बराबरको जग्गा दान


धरान। धरान उपमहानगरपालिका— १४ विजयपुरका बृखबहादुर डंगोलले ९०औँ जन्मदिनको अवसरमा रु. एक करोड बराबरको जग्गा दान गरेका छन् ।

उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहनुभएको ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई रु. एक करोड बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन् ।

‘प्राडा टङ्क प्रसाद न्यौपानकोे अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअगाडी स्थापना भएको थियो भने, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो ।

संस्था दर्ता गराए पनि व्यवस्थित रुपमा कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा डंगोलले जग्गा दान गर्नुभएको प्राडा न्यौपानेले बताए । डंगोलले प्रदान गर्नुभएको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्र्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोमा रहेको छ ।

९० वर्षीय डंगोलले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफूले जग्गा दान गर्न पाउँदा खुसी लागेको बताएका छन् । आफूसँग धेरै जग्गा भएर नभई भावी पुस्तालाई अध्ययन अनुसन्धानमा सहजता होस् भनेर आफूले जग्गा दिएको प्रतिक्रिया दिए । डंगोलले धरानका विद्यालय, प्रहरी चौकीलगायत विभिन्न संघसंस्थालाई नगदी र जिन्सी सहयोग गर्दै आएका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?