Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

जन्मदिनमा एक करोड बराबरको जग्गा दान


धरान। धरान उपमहानगरपालिका— १४ विजयपुरका बृखबहादुर डंगोलले ९०औँ जन्मदिनको अवसरमा रु. एक करोड बराबरको जग्गा दान गरेका छन् ।

उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहनुभएको ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई रु. एक करोड बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन् ।

‘प्राडा टङ्क प्रसाद न्यौपानकोे अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअगाडी स्थापना भएको थियो भने, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो ।

संस्था दर्ता गराए पनि व्यवस्थित रुपमा कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा डंगोलले जग्गा दान गर्नुभएको प्राडा न्यौपानेले बताए । डंगोलले प्रदान गर्नुभएको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्र्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोमा रहेको छ ।

९० वर्षीय डंगोलले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफूले जग्गा दान गर्न पाउँदा खुसी लागेको बताएका छन् । आफूसँग धेरै जग्गा भएर नभई भावी पुस्तालाई अध्ययन अनुसन्धानमा सहजता होस् भनेर आफूले जग्गा दिएको प्रतिक्रिया दिए । डंगोलले धरानका विद्यालय, प्रहरी चौकीलगायत विभिन्न संघसंस्थालाई नगदी र जिन्सी सहयोग गर्दै आएका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?