Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पच्चीस लाखको अक्षयकोष स्थापना


६ चैत्र ,काठमाडौँ । ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबीच आज ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षयकोष स्थापनाका लागि रु २५ लाखको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन्‌ ।

कार्यक्रममा उनले सम्झौताका लागि फाउन्डेसनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। महानिरीक्षक सिंहले आगामी दिनमा समेत नेपाल प्रहरी र फाउन्डेसनबीच आपसी सहयोग आदान–प्रदान हुने विश्वास व्यक्त गरे।

फाउन्डेसनका अध्यक्ष तुलाधरले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उनको भनाइ थियो ।

सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिलाई कम्तीमा दुईजना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेसनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध गराउने बताइएको छ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने उक्त सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?