Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कुशः धर्मकर्ममा प्रयोगदेखि औषधीय गुणसम्म


सम्माेद आचार्य । कुश‍्- देवकार्यहरुमा र श्राद्ध तर्पण जस्ता पितृकार्यका लागि एउटा मात्रै महत्त्वपूर्ण वनस्पतिको नाम् लिनुपर्दा नि:सन्देहरूपमा कुशकै नाम् लिन सकिञ्छ। कुशका पर्यायवाची पदहरुमा दर्भ,बर्हि,सूच्यग्र र यज्ञभूषण् मुख्य छन्।
महाभारतमा श्राद्धको प्रसङ्ग, भीष्म पितामह, शास्त्रको महत्त्व र कुश ।

एउटा प्रसङ्ग छ महाभारतमा – कुनै बेला भीष्म पिताको श्राद्ध गर्ने क्रममा पिण्ड दिन लागेका थिए साक्षात् पिता शन्तनु अगाडि प्रकट भएर हात थापे तर भीष्मले शास्त्रमा पिता प्रकट भएमा पिताको हातमा पिण्ड दिनु नभनेको सदैव कुशमाथि पिण्ड दिनु भनेकाले कुशमाथि नै पिण्ड दिए प्रकट भएका पिताको हातमा दिएनन्। यो देखेर पिता अत्यन्त प्रसन्न भएर भने – शास्त्रको वचन पालन गरेर तिमिले यो अति नै उचित र फलदायी काम गरेउ्। मलाइ एसबाट परम तृप्ति मिल्यो। तिम्रो कीर्ति जताततैै फैैलियोस् र मनले चिताएको पुगोस्। रामले दशरथको श्राद्ध गर्दा पनि एस्तै घटना भएको कुरा रामायणमा पनि आएको छ ।

ई प्रसङ्गको शिक्षा– शास्त्रका वचनको यथाशक्ति श्रद्धापूर्वक पालन गर्नाले नै वास्तविक ऐहलौकिक र पारलौकिक कल्याण् हुञ्छ ।
रघुवंशमा पनि
वनान्तरादुपावृत्तैः
स्कन्धासीनसमित्कुशै:।
अग्निप्रत्युद्गमात्पूतै:
पूर्यमाणन् तपस्विभिः।।

भनेर यज्ञका लागि समिधा र कुश बोकेका तपस्वीहरुको वर्णन महाकवि कालिदासले गरेका छन् । कुश औषधि पनि हो।यो वनस्पति जस्तोसुकै रुखो माटोमा पनि सजिलै फैलिञ्छ र साधारणतया कहिलेइ् पनि पलाउन छोड्दैन। औषधिको रूपमा विशेष गरी जराको प्रयोग हुञ्छ। यो त्रिदोषनाशक र शीतल गुण भएकाकारण पिसाबका समस्या र महिलाका अधिक रक्तस्राव हुने समस्यामा अति उपयोगी छ। धार्मिक रूपमा पितृकर्म देवकर्म दुवैमा नभै नहुने सबैभन्दा महत्त्वपूर्ण वनस्पति कुश् औषधीय गुणले पनि भरिपूर्ण छ।कुशको जरा शीतलता प्रदान् गर्नि हुनाले सबै किसिमका दाह (पोल्ने)का लक्षणमा लाभ् गर्छ। साथै विशेष् पिसाब‍् पोल्ने (सङ्क्रमण् वा अन्य कारण्-ले), पत्थरी जस्ता मूत्रप्रणालिसम्बद्ध समस्या, बढी रक्तस्राव हुने वा सेतो पानी बग्ने जस्ता गर्भाशयका समस्यामा धेरै उपयोगी छ । जरालाइ बेसरी कुटेर लेदो बनाएर अथवा अलि अलि कुटेर पानीमा पकाएर काढा पनि खान सकिञ्छ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?