Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

शीतलकृष्ण महाराजबारे आचार्य श्रीनिवास-‘डिभोर्सको लागि श्रीमतीलाई बाध्य पार्नु अपराध’


काठमाडाैं ।  धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप लगाएका छन् । हिन्दु धर्मशास्त्रमा डिभोर्सको बारेमा कतै चर्चा नभएको भन्दै धर्मगुरुले नै डिभोर्सको लागि श्रीमतीलाई बाध्य पार्नु अपराध भएको बताएका छन् । उनले भनेका छन् :

शितलकृष्णलाई पटक–पटक सम्झाएको हो । प्रभु हामी धर्मगुरुहरूले हिंसा गरेको कुराहरू बाहिर आयो भने हाम्रो अस्तित्व रहँदैन । तपाइले श्रीमती के कारणले छोड्दै हुनुहुन्छ ? के कारणले डिभोर्स दिँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले श्रीमतिसँग उपासना पद्धति मिलेन बुबाआमासँग राम्रो व्यवहार भएन । मलाई इच्छा लागेन म डिभोर्स चाहन्छु ।

डिभोर्स भन्ने शब्द हाम्रो धर्मशास्त्रमा छ ? यो क्रिश्चियन पश्चिमाको नीति हो । आज गुरुहरूले डिभोर्स गर्ने कस्तो दिन आयो ।
धर्मशास्त्रको मर्यादा अनुसार सात जुनी सँगै बस्छु साथ दिन्छु भनेर अग्निसमक्ष सपथ खाने हो । उसका बुबाआमाबाट कन्यादान लिएर आएका हौ ।

कसैको छोरीलाई ल्याएर , दुई/चार वर्ष राखेर , मन भरिएपछि , व्यवहार नमिलेपछि चटक्कै छोड्न पाइन्छ ? अदालतमा केही सम्पत्ति नभएको ऋण देखाएर मुद्दा दर्ता गरेका छन् । उसको भविष्य सुनिश्चित गर्दिन पर्दैन ? मेरो बहिनी भएको भए के गर्ने ? महाराज बनेर हिड्ने आफ्नो श्रीमतीलाई महारानी बनाउन पर्दैन ? उनले आँसु देखाएर बोलिन् भन्दैमा उनी गतल हुन् ? मिडियामा आउँदा डाको छोडेर रुनैपर्छ ? कतिपय धर्मगुरुले नै फसाउन खोजेको भनेर ति पीडितलाई गाली गरेका छन् ।

बिहे गरेर श्रीमतीलाई खुसी दिन सकिदैन भने साधु बनेर बस्नुपर्छ । जोगी बनेर बस्नुपर्छ । लगौटी दरो गरेर साधना गरेर बस्ने हो ।
उसले अनैतिक सम्बन्ध राख्दै हिँडेका छन् । श्रीमतीलाई भने नमान्दा नमान्दै पनि गर्भपतन गराउन बाध्य पारेका छन् । व्यवहार मिल्दा श्रीमानले भनेको कुरा श्रीमतीले मान्नै पर्यो ।

साउन महिनादेखि उनले खर्च नभएको बताएकी छन् । न्याय माग्न कहाँ जाउँ ? आत्महत्या गर्नुभन्दा बाहेक उपाय रहेन भन्दा हामीले सम्झाएका छौ । शितलकृष्णलाई पनि सम्झाएका हौ । सबै धर्मगुरुले डिभोर्स गरेमा हामी बहिष्कार गर्छौ भनेका थियौ । तर उहाँले कुरा सुन्नुभएन ।

धर्मगुरुले जे मन लाग्यो त्यही गर्दै हिड्ने ? मात्तिने ? मैले गल्ती गरे मेरो पनि पाता कस्नुस् । धर्म पेशा हो ? व्यासपिठको मर्यादा छैन ? तपाई सुध्रिनुस् , तपाइको दासी भएर सेवा गर्छु ।

व्यासमा जानेबेला श्रीमानको पाउमा चप्पल छैन भने उनी आफू पनि लगाउथिनन् । श्रीमानले नखादाँसम्म भोकै बस्ने नानी हुन् तिनी । मोर्डन भइन रे । आधुनिक शिक्षा पढेकी केटी र आफू संस्कृत पढेको उपासना मिलेन ।

बिहे गर्नेबेला आखाँ फुटेको थियो । छोरी मान्छेको जीवन निकै संवेदनशील हुन्छ । एकपटक घरबार गरेपछि अर्को घरबार गर्न गाह्रो हुन्छ । उसलाई जीवन जिउन गाह्रो हुन्छ । पुरुषले जतिपनि महारानी पाउँछ । नारीको जिन्दगी पेन्डुलम बनाउनु यही हो धर्म ?

शितलकृष्णको बहिनीलाई कसैले त्यस्तो व्यवहार गरे चुप लागेर बस्नुहुन्छ । बिहे गरेर ३ ४ वर्ष राखेर छोड्न पाइन्छ । तपाईंको प्रवचन केही मानिसहरूले मन पराए भन्दैमा अन्धो हुने ।

धर्म र गाईको रक्षाको लागि जेल नेल भोगेर हामी मरिरहेका छौ । तपाई धर्ममाथि खेलवाड गर्ने सबैले बहिष्कार गरेपनि अन्याय सहन्न । त्यो नारी तपाईंको र मेरो पनि चेली हो । शितलकृष्ण दाजुभाइ हुन् तर गल्ती यसपटक उनले गरेका छन् ।

उनी हाम्रो शरणमा न्यायका लागि पहिलेदेखि आएकी हुन् । मिडिया कहिले आउँछ भन्ने मात्र थियो ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?