Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

शालिन मृत्यु प्रकरणबारे घटनाको निश्पक्ष छानबिन गरी कारबाही गर्न माग


काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालिन पोखे्रलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको जनाएको छ।

आयोगले विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोगले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?