Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

‘हावाको कुरा गरौँ’ अभियान !


काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनु अघि नारायण चौरबाट पैदल मार्गको यात्रा गर्दै प्रदुषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो ।

‘वायु प्रदुषण बढाउने प्रदुषक तत्वमध्ये सवारी साधन मुख्य कारण हुन् । यसको प्रयोग कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजानेलगायत क्रियाकलाप गर्नु अभियानमा हुनेछन् ।’ कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘काठमाडौँको सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्‍याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवर्धन गर्ने यसको लक्ष्य हो ।’

अभियान सुरु गर्दै वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले भन्नुभयो, ‘विकासका नयाँ काम थाल्नु अगाडि सम्पदा र यससँग सम्बन्धित सांस्कृतिक र सामाजिक क्रियाकलाप बढाउनुपर्छ ।’ प्रजापतीले थप्दै भन्नुभयो, ‘पुनःस्थापनाका आयाम र सरोकारवालाको सहभागिता सुनिश्चित गर्नका लागि हामी अध्ययन गरिरहेका छौँ ।’

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ । वडाध्यक्ष प्रजापतीले भन्नुभयो, ‘यस दिन हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ । यसबाट स्थानीयहरुको आयमा टेवा पुग्न थालेको छ ।’


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?