Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नगरप्रमुखका स्वकीय सचिवको निधनमा रामेछाप नगरपालिकामा शोक बिदा


काठमाडौं। रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खान सर्केर मेयर लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको निधन भएपछि आज शोक बिदा दिइएको छ । उक्त जिल्ला अस्पताल रामेछापका अनुसार उनको खाना सर्केर मृत्यु भएको हो ।

उक्त नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिवार वनभोज आयोजना भएको थियो । खाना खाने क्रममा सर्केपछि उनले लामो समयसम्म खोकिरहेका थिए । लगातार खोकीले शिथिल बनेपछि उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर समेत बोलाए र हेलिकोप्टर नपुग्दै मृत्यु उनको भएको हो ।

सो नगरपालिकाले एक सूचना जारी गर्दै श्रेष्ठको असामयिक निधनबाट पालिका परिवार मर्माहत भएको बताएको छ । उनको निधनको दुःखमा नगरपालिका र मातहतका कार्यालयमा अत्यावश्यक बाहेक शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले बताएका छन् ।

 


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?