Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

कांग्रेसका युवा नेताहरुको माग-‘महासमिति बैठक कर्मकाण्डी नबनाेस’


काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाउन आग्रह गरेका छन् । पार्टीको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि महासमिति सदस्यहरुले शुक्रबार बोलाएको बृहत भेलामा युवा नेताहरुले पार्टीका आन्तरिक समस्या, देशका राष्ट्रि समस्या र जनजीवीकाका सवलामा गम्भीर रुपमा बहस गर्नुपर्ने बताएका हुन् । राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरिएको कार्यक्रममा यही फागुन ७ गतेदेखि गोदावरीमा हुने महासमिति बैठकमा उठाउनुपर्ने विषयका साथै एजेन्डाहरुका विषयमा विशेष छलफल भएको छ । भेलामा नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले अब पार्टी पुरानै पाराबाट चल्न नसक्ने बताए । शाहीले भने, ‘यो परिणाममुखी र उपलब्धिमूलक हुनुपर्छ । अब पार्टीमा काखा पाखा हुनु भएन, नेताको नजिक भएको आधारमा होइन कि कामको आधारमा मूल्याङ्कन र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ। निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर, एउटा व्यक्ति मात्रै बाराम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ ।’

कार्यक्रममा युवा नेताहरु देवराज चालिसे, मेदनी सिटौला, ऋषिराम घिमिरे, उज्वल बराल, विनोद बान्तवा, बर्मा लामा, गोमा केसी, तारा कोइराला , नारायण भट्टराई, मैना कार्की, खगेन्द्र मल्ल, रिता शाही, बलबहादुर कुँवर, प्रेमिका राना, विजुल्ला बर्मा, धर्मेन्द्र नेम्वाङ, टेकराज पौडेल, रेखा यादव, विनोद खनाल, देवकी गौतम, मनोहरि श्रेष्ठ , नकुल अर्याल, मोतीलाल भण्डारी, ईश्वर पाठक, सुधांसु कोइराला लगायत सहभागीहरुले संसदीय निर्वाचनको २ वर्ष अघि महाधिवेशन गर्न माग गरेका छन् । आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनु पर्ने, महासमितिको बैठकबाट महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका छन् । यसैगरि पार्टिका केन्द्रीय स्दस्यहरु पनि वडा तहा वाटै चुनियर आउनु पर्नेमा सबैको जोड रहेको थियो।

त्यस्तै पञ्चायतदेखि गणतन्त्रसम्म सार्वजनिक पदमा बस्ने उच्च तहका कर्मचारीदेखि नेताको सम्पति छानबिन आयोग गठन, विदेश पलायन, बेरोजागारी, आर्थिक अवस्था, जनताको दुःख पीडाका विषयमा सम्बोधन गर्ने गरी यि एजेण्डाहरुमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, दुई–दुई वर्षमा वडा अधिवेशन, जातीय÷धार्मिक विवादमा पर्न नहुने, गठबन्धन गर्न नहुने, भातृ संस्थालाई प्रभावकारी बनाउन तत्काल महाधिवेशन गर्ने गरी पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पनि महासमितिले विशेष पहल गर्नुपर्ने सहभागी नेताहरुले जोडदर रुपमा आवाज उठाएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?