Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि


२ चैत्र ,सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्फको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ ।

लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो । जितसँगै लिङ्गखेप र पोख्रेलको जोडीले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

तामाङ र खत्रीको जोडीले रु ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे । यस्तै झापाको बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङवाको जोडी तथा मेची ब्याडमिन्टन क्लब काकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरव दाहालको जोडी तेस्रो भयो । दुवै समुहले रु सात हजार पाँच सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ४५ वर्ष माथिको भेट्रान्सतर्फ ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र लिम्बूको जोडीले बिर्तामोडका सञ्जय भक्तराज र रमेश प्रसाईको जोडीलाई २१–१४ र २१–१० को सोजो सेटमा हराउँदै उपाधि जिते ।

जितसँगै उनीहरुले रु ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भक्तराज र प्रसाईको जोडीले रु १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । बिर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरेको जोडी तथा सुनसरीका श्याम लामा र भजनलाल चौधरीको जोडी सो स्पर्धाहमा तेस्रो भयो ।

उनीहरुले रु सात हजार पाँच सय प्राप्त गरे । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा कोसी प्रदेशका ८६ खेलाडी सहभागी थिए ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?