Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि


२ चैत्र ,सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्फको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ ।

लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो । जितसँगै लिङ्गखेप र पोख्रेलको जोडीले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

तामाङ र खत्रीको जोडीले रु ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे । यस्तै झापाको बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङवाको जोडी तथा मेची ब्याडमिन्टन क्लब काकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरव दाहालको जोडी तेस्रो भयो । दुवै समुहले रु सात हजार पाँच सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ४५ वर्ष माथिको भेट्रान्सतर्फ ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र लिम्बूको जोडीले बिर्तामोडका सञ्जय भक्तराज र रमेश प्रसाईको जोडीलाई २१–१४ र २१–१० को सोजो सेटमा हराउँदै उपाधि जिते ।

जितसँगै उनीहरुले रु ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भक्तराज र प्रसाईको जोडीले रु १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । बिर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरेको जोडी तथा सुनसरीका श्याम लामा र भजनलाल चौधरीको जोडी सो स्पर्धाहमा तेस्रो भयो ।

उनीहरुले रु सात हजार पाँच सय प्राप्त गरे । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा कोसी प्रदेशका ८६ खेलाडी सहभागी थिए ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?