Trending
>>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०८ गते बिहिबार >>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

बुटवललाई धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुनुपर्ने


१ चैत्र ,लुम्बिनी । बुटवल उपमहानगरपालिकामा धार्मिक सङ्घ संस्थाका अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् । सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न धार्मिक सङ्घसंस्थाका अगुवाहरूसँग आज भएको छलफलमा सहभागीले धार्मिक सद्भावपूर्ण सहरका रूपमा बुटवल रहेको भन्दै यसलाई एउटै छातामुनि राखेर समान व्यवहार गर्ने नीति ल्याउन सुझाव दिएका छन् ।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले आज धार्मिक सङ्घसंस्थाका अगुवासँगको छलफलमा सहभागी वक्ताले धार्मिक क्षेत्रलाई उपमहानगरपालिकाले दर्ता गरेर सँगसँगै लैजानुपर्ने बताएका हुन् । कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई धार्मिक सद्भाव र धार्मिक पर्यटकीयस्थलका रूपमा समेत विकास गर्ने योजना रहेकाले त्यसैअनुसार मठमन्दिर, बिहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिकस्थल बनाउने गरी तयार हुन सङ्घसंस्थाका अध्यक्षलाई आग्रह गरे।

उनले बुटवल ऐतिहासिक र धार्मिक हिसाबले अगुवा सहर भएकाले धार्मिक विश्रामस्थलका रूपमा विकास गर्नका लागि धार्मिक सङ्घसंस्थाले अगुवाइ गर्नुपर्ने बताएका हुन्‌ । कार्यक्रममा बुटवलभित्रका मठमन्दिर, धाम, बिहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए । बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञको रायसुझाव लिने अभियानको थालनी गरेको हो । क्षेत्रगत सुझाव सङकलन तथा समन्वयसम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?