Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने-‘लघुवित्तीय समस्या समाधानका लागि सबैभन्दा बढी म आफैं सक्रिय छु !’


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रधानमन्त्री प्रचण्डलाइ लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै प्रचण्डले लघुवित्तीय समस्याको समाधानका लागि सबैभन्दा बढी आफू गम्भीर र सक्रिय रहेको बताएका छन्।

‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु,’ सभापति रवि लामिछानेसहित पुगेको रास्वपाका टोलीहरूसँग प्रतिवेदन बुझेपछि प्रधानमन्त्री प्रचण्डले भने। उनले त्यसमा रास्वपाको सुझाव पनि हेर्ने बताए।

रास्वपाको अर्थ तथा नीति विभागले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार गरेको प्रतिवेदन आज बिहान बालुवाटार पुगेर सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितको टोलीले प्रधानमन्त्रीलाई बुझाएका हुन्।


प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?