Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

देशभरि प्रभाव पर्ने गरी निर्णय गर्नुस्ः सभापति देउवा


काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौंको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बताएका छन्। “काठमाडौंमा कांग्रेसको सङ्गठन महत्वपूर्ण छ, यहाँको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्छ, देशभरि प्रभाव पार्ने गरी राम्रो प्रस्ताव पास गर्नुहोस्”, उनले भने ।

सभापति देउवाले नेपाली कांग्रेस नेपाली जनताको पार्टी भएकाले सधैँ जनताका पक्षमा निर्णय गर्न निर्देशन दिउ । उनले भने, “काठमाडौं जिल्ला कार्यसमितिमार्फत देशैभरका कांग्रेसका नेता तथा कार्यकर्तालाई यो भन्न चाहन्छु कि कांग्रेस जनताको पार्टी हो, हाम्रा सबै निर्णय र कदम जनताका पक्षमा हुनु जरुरी छ ।”

कांग्रेस नेता प्रकाशमान सिंहले आगामी फागुन ७ गतेदेखि चल्ने नीति अधिवेशनका लागि पार्टीभित्र देखिएका अप्ठ्यारा फुकाउन आवश्यकपर्ने राय सुझाव दिन सबैलाई आग्रह गरेका छन् । उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले नै महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले केन्द्र, प्रदेश र स्थानीय तहमा सत्तामा भएको पार्टी कमजोर बनेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेस एक्लै चुनाव लडेर अगाडि बढेमात्र बलियो पार्टी बन्नसक्ने बताए । कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले उच्च मनोबलका साथ पार्टीमा काम गरेर पार्टीभित्र एकताको सन्देश दिन जरुरी रहेको उल्लेख गरे।

संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेलले पार्टीलाई सुझबुझपूर्ण ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उक्त प्रदेशसभा सदस्य प्रभात तामाङले जनप्रतिनिधि र पार्टीबीच तालमेल हुन नसकेको उल्लेख गरेका छन् ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले समुदाय एकातिर, कांग्रेस अर्कातिर हुँदै गएको आभास भएको बताए । काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले गुटको व्यक्तिलाई टिकट दिँदा पार्टी कमजोर भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं ९ का सभापति जयकृष्ण महर्जन, कांग्रेस काठमाडौं महानगर सभापति नीलकाजी शाक्य, टोखा नगरपालिका–४ का सभापति रवीन्द्र श्रेष्ठलगायतले पार्टीलाई चलायमान बनाएर अगाडि बढ्न सुझाव दिएका छन् ।

 


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?