Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने


काठमाडौं। नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन आज हुँदै छ । उक्त सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट हुने कार्यक्रममा काठमाडौंका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।

उक्त सम्मेलनले जिल्लामा संगठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिएका छन् । उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र समेत हुनेछ ।

सो सम्मेलनमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित काठमाडौंका नेताहरूले सम्बोधन गर्नेछन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?