Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

माओवादी संसदीय दलको बैठक भोलि पनि बस्ने


काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार पनि बस्ने भएको छ ।

सोमबार बसेको बैठकमा सुरुमै पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए । उनले सांसदहरूलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि निर्देशन दिएका थिए ।

त्यसपछि १२ जना सांसदले आफ्नो धारणा राखेको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिएका छन् । बाँकी सांसदहरूले भोलि बिहान ९ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने उनले बताए । अन्तिममा अध्यक्ष ‘प्रचण्ड’ले जवाफ दिनेछन् ।

सो बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा बस्नेछ ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?