Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने


काठमाडौं। सत्तारुढ दल जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा संसदमा प्रभावकारी भूमिका खेल्ने बारेमा छलफल भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट सुरु हुने संसद् अधिवेशनमा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल भएको हो ।

सो बैठक बारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताएका छन् । उनले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताए । उनकाअनुसार गठबन्धनमा सुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली कांग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताए ।

उनले भने,‘ भोलिदेखि हुने हिउँदे अधिवेशनको बारेमा संसदमा प्रभावकारी भूमिका कसरी जनमत पार्टीले देखाउने भन्नेबारेमा पनि छलफल भएको छ । समसामयिक राजनीतिक घटनाक्रमकै बारेमा हो । मधेस प्रदेशबाट सरकारबाट हामी जुन बाहिरिएका छौँ, त्यहाँ सरकार नेतृत्व परिवर्तनको जुन कुरा छ, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ ।’

प्रवक्ता यादवले अन्य मन्त्रालयको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुलै राम्रो काम गरेको दाबी गरेका छन् ।

 


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?