Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जङ्गली हात्तीको आतंक रोक्न ६ फिट अग्लो पर्खाल बनाइदै


इनरुवा,सुनसरी। इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण सुरु गरिएको छ ।

दैनिक रुपमा आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण सुरु गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिएका छन्।

त्यस्तै, इटहरी– २ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् भने जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति गर्ने गरेको छ ।

स्थानीयलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी–२ मा पूर्व ६ फिट अग्लो पर्खाल बनाउन सुरु गरेको उनले जानकारी दिए ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?