Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

प्रेमिका सन्ध्यासँग कोशिसले कसे लगनगाँठो


काठमाडौं। अभिनेता तथा गायक कोशिस क्षेत्री विवाह वन्धनमा बाँधिएका छन् । हेटौँडा स्थायी घर भएका कोशिसले हेटौँडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् । उनीहरुबिच गत माघ १७ गते विवाह भएको हो ।

कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए । उक्त विवाहमा सिमित पारिवारिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।उनीहरुले आठ वर्ष बढी लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

त्यस्तै, गायन हुँदै अभिनयमा प्रवेश गरेका कोशिसले ‘मोक्ष‘ सिनेमामा उत्कृष्ट काम गरेको भन्दै तारिफ पाएका थिए । यो वर्ष उनी अभिनित ‘ऐंचोपैचो‘ तथा ‘परस्त्री‘ सिनेमा रिलिज भएको थियो ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?