Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

सांसदलाई गाइड गर्न रास्वपाले दियो वाग्ले र अर्याललाई जिम्मेवारी


काठमाडौं। पार्टी र संसद्लाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ ।

संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतिलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिलाई जिम्मेवारी दिएको सहप्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उक्त पार्टीबाट सदनमा प्रस्तुत हुने विषयमा सांसदलाई उपसभापति अर्यालले प्रशिक्षित गराउने छन् भने सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा उपसभापति वाग्लेले रास्वपा सांसदलाई गाइड गर्ने छन् ।

झाका अनुसार हरेक दिनको संसद् बैठक अघि रास्वपा सांसदहरूको छलफल बोलाउने तयारी पार्टीले गरिरहेको छ । सोमबारबाट बस्ने संसद् बैठक अघि २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । गत शुक्रबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो ।

 


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?