Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण


चितवन। माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुगेका थापालाई कांग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सीमानाका माडीबाट गराउन पहलकदमी गरिदिन आग्रह गरेको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार स्थानीय पार्टीको मागप्रति महामन्त्री थापाले आफू सकारात्मक रहेको भन्दै सम्बन्धित निकायमा पहलकदमी गर्ने बताएका छन् । कांग्रेस माडी नगर सभापति कोमलनाथ भुसालले ध्यानाकर्षणका क्रममा सिङ्गो बागमती प्रदेश सीमानाकासँग नजोडिएको भन्दै यसबाट यहाँको विकासमा बाधा पुगेको बताए ।

त्यस्तै, दक्षिणमा भारत र उत्तरमा चीनसँगको सिमाना जोड्ने सडक यसै माडी नगरपालिका क्षेत्र भएर जाने भएको हुँदा बागमती प्रदेश तथा सिङ्गो देशका लागि हितकर हुने ठोरी नाका अविलम्ब सञ्चालन गर्नुपर्ने वा माडीबाटै वैकल्पिक मार्गको खोजी गरी सञ्चालनमा ल्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

पर्साको ठोरीसँग भारतीय नाका जोडिएको छ, यद्यपि यो नियमित सञ्चालनमा छैन । यो क्षेत्र माडी नगरपालिकामा पार्ने भनिए पनि त्यसो हुन नसक्दा सिङ्गो प्रदेश भारतीय नाकासँग जोडिएको छैन । सो क्रममा माडी पार्टी समितिले यस क्षेत्रलाई पूर्ण सिञ्चित स्थानीय तह घोषणा गर्न, रामायण महाभारत सर्किट निर्माण गर्नेलगायतका १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?