Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण


चितवन। माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुगेका थापालाई कांग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सीमानाका माडीबाट गराउन पहलकदमी गरिदिन आग्रह गरेको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार स्थानीय पार्टीको मागप्रति महामन्त्री थापाले आफू सकारात्मक रहेको भन्दै सम्बन्धित निकायमा पहलकदमी गर्ने बताएका छन् । कांग्रेस माडी नगर सभापति कोमलनाथ भुसालले ध्यानाकर्षणका क्रममा सिङ्गो बागमती प्रदेश सीमानाकासँग नजोडिएको भन्दै यसबाट यहाँको विकासमा बाधा पुगेको बताए ।

त्यस्तै, दक्षिणमा भारत र उत्तरमा चीनसँगको सिमाना जोड्ने सडक यसै माडी नगरपालिका क्षेत्र भएर जाने भएको हुँदा बागमती प्रदेश तथा सिङ्गो देशका लागि हितकर हुने ठोरी नाका अविलम्ब सञ्चालन गर्नुपर्ने वा माडीबाटै वैकल्पिक मार्गको खोजी गरी सञ्चालनमा ल्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

पर्साको ठोरीसँग भारतीय नाका जोडिएको छ, यद्यपि यो नियमित सञ्चालनमा छैन । यो क्षेत्र माडी नगरपालिकामा पार्ने भनिए पनि त्यसो हुन नसक्दा सिङ्गो प्रदेश भारतीय नाकासँग जोडिएको छैन । सो क्रममा माडी पार्टी समितिले यस क्षेत्रलाई पूर्ण सिञ्चित स्थानीय तह घोषणा गर्न, रामायण महाभारत सर्किट निर्माण गर्नेलगायतका १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?