Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अप्टिमिष्टको सप्ताहब्यापि कार्यक्रम


काठमाडाैं । अन्तरराष्ट्रीय स्वयंसेवी सँस्था अप्टिमिष्टको सप्ताहब्यापि कार्यक्रम सुरु भएको छ । नेपाल डिस्ट्रिक्टका गभर्नर प्रकाश घिमिरे र निवर्तमान गभर्नर पृथ्वीराज थापाले संयुक्त रुपमा रिबन काटि पुरानो बानेश्वरबाट सुरु गरेको प्रभातफेरि बागबजारमा समापन भएको थियो । सन् १९१९ मा अमेरिकामा स्थापना भएको स्वयँसेवी सँस्थाले बिभिन्न देशमा आफ्नो स्थानिय क्लब मार्फत बालबालिकालाई सकारात्मक सोच पैदा गर्ने कार्यक्रम गर्छ ।

बिश्वको धेरै देशहरुमा फैलिएको सँस्थाको नेपालमा ५६ वटा क्लबहरु छन् । फेब्रुअरिको पहिलो दिनलाई आफ्नो अन्तर्राष्ट्रिय दिन मानि बिभिन्न कार्यक्रमहरु गरि मनाउने परम्परा छ । आज फेब्रुअरिको पहिलो बिहिबार अनि पहिलो दिनबाट सुरु गरिएको सप्ताहब्यापि कार्यक्रम देशभरिकै क्लबहरुले बक्तृत्वकला ,निबन्ध लेखन प्रतियोगिता , सकारात्मक पत्रकारिता , ख्यातिप्राप्त ब्यक्तित्वहरुसँग अन्तर्कृया , फुटसल प्रतियोगिता, सकारात्मक ज्ञान दिने पुस्तक बितरण , न्यायो कपडा बितरण, कापिकलम बितरण लगियत कार्यक्रम गरि मनाउने कार्यक्रमका मुख्य सँयोजक सँस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलियाले जानकारि दिनु भयो ।

बोल्न सुन्न नसक्ने बालबालिकाको सांकेतिक भाषा मार्फत आफ्ना बिचार राख्ने प्रतियोगिता पनि गरिने थपलियाले जानकारी दिनुभयो । गत बर्ष नेपालमा बक्तृत्वकला प्रतियोगितामा प्रथम भएकि सिजन कार्कीले अन्तर्राष्ट्रियमा दोस्रो स्थान हासिल गरि अमेरिकन डलर ७५०० राशिको पुरस्कार प्राप्त गर्न सफल भईन ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?