Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

अप्टिमिष्टको सप्ताहब्यापि कार्यक्रम


काठमाडाैं । अन्तरराष्ट्रीय स्वयंसेवी सँस्था अप्टिमिष्टको सप्ताहब्यापि कार्यक्रम सुरु भएको छ । नेपाल डिस्ट्रिक्टका गभर्नर प्रकाश घिमिरे र निवर्तमान गभर्नर पृथ्वीराज थापाले संयुक्त रुपमा रिबन काटि पुरानो बानेश्वरबाट सुरु गरेको प्रभातफेरि बागबजारमा समापन भएको थियो । सन् १९१९ मा अमेरिकामा स्थापना भएको स्वयँसेवी सँस्थाले बिभिन्न देशमा आफ्नो स्थानिय क्लब मार्फत बालबालिकालाई सकारात्मक सोच पैदा गर्ने कार्यक्रम गर्छ ।

बिश्वको धेरै देशहरुमा फैलिएको सँस्थाको नेपालमा ५६ वटा क्लबहरु छन् । फेब्रुअरिको पहिलो दिनलाई आफ्नो अन्तर्राष्ट्रिय दिन मानि बिभिन्न कार्यक्रमहरु गरि मनाउने परम्परा छ । आज फेब्रुअरिको पहिलो बिहिबार अनि पहिलो दिनबाट सुरु गरिएको सप्ताहब्यापि कार्यक्रम देशभरिकै क्लबहरुले बक्तृत्वकला ,निबन्ध लेखन प्रतियोगिता , सकारात्मक पत्रकारिता , ख्यातिप्राप्त ब्यक्तित्वहरुसँग अन्तर्कृया , फुटसल प्रतियोगिता, सकारात्मक ज्ञान दिने पुस्तक बितरण , न्यायो कपडा बितरण, कापिकलम बितरण लगियत कार्यक्रम गरि मनाउने कार्यक्रमका मुख्य सँयोजक सँस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलियाले जानकारि दिनु भयो ।

बोल्न सुन्न नसक्ने बालबालिकाको सांकेतिक भाषा मार्फत आफ्ना बिचार राख्ने प्रतियोगिता पनि गरिने थपलियाले जानकारी दिनुभयो । गत बर्ष नेपालमा बक्तृत्वकला प्रतियोगितामा प्रथम भएकि सिजन कार्कीले अन्तर्राष्ट्रियमा दोस्रो स्थान हासिल गरि अमेरिकन डलर ७५०० राशिको पुरस्कार प्राप्त गर्न सफल भईन ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?