Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

लघुवित्तको निष्क्रिय कर्जा बढ्यो


३० फागुन ,काठमाडौँ । पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो छ महिना अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको हो ।

“पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ”, प्रतिवेदनमा भनिएको छ । हाल सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये चार वटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा रकम गत असारको तुलनामा तीन दशमलव १७ प्रतिशतले बढेर पुस मसान्तसम्म रु ५९ अर्ब ७८ करोड पुगेको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम पुस मसान्तमा रु तीन खर्ब ९१ अर्ब ४४ करोड रहेको छ ।

पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा रु ५२ करोड र खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा रु १८ अर्ब ३४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थात् कुल प्रवाहित कर्जामध्ये थोक कर्जा प्रदायकको निष्क्रिय कर्जा शून्य दशमलव ८७ प्रतिशत र खुद्रा कर्जा प्रदायकको निष्क्रिय कर्जा चार दशमलव ६८ प्रतिशत रहेको छ ।

गत असार मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाको कूल कर्जामा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५६ प्रतिशत थियो । अर्थात् पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२ दशमलव ६२ प्रतिशतले बढेको छ । गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको सदस्य सङ्ख्या ५९ लाख ८८ हजार र ऋणी सङ्ख्या ३२ लाख ६० हजार रहेको छ ।

गत असार मसान्तको तुलनामा लघुवित्तका ऋणी एक दशमलव ३० प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिमभारित सम्पत्तिको अनुपातमा न्यूनतम प्राथमिक पुँजी चार प्रतिशत र पुँजीकोष आठ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।

गतपुस मसान्तसम्म समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिमभारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १२ दशमलव २३ प्रतिशत र १३ दशमलव ४५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको छ महिना अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी दुई दशमलव २३ प्रतिशतले र जोखिमभारित सम्पत्ति एक दशमलव शून्य सात प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?