Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अर्जुन कुमाललाई आईसीसीले गर्‍यो कारबाही


काठमाडौं। नेपाली‌ यू-१९ का ब्याटर अर्जुन कुमाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको खेलका क्रममा गल्तीका कारण उनी आइसिसीको कारबाहीमा परेका हुन् ।

त्यस्तै, बंगलादेशविरुद्धको खेलको ६औँ ओभरमा अर्जुन दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलरलाई विकेटको बीचमा कुहिनोले हानेपछि कारबाहीमा परेका हुन् भने आइसीसी आचारसंहिताको धारा २.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कारबाही गरेको हो । आइसिसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै अर्जुनको ३ डिमेरिट पोइन्ट थपिएको छ ।

उक्त डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुनेछ भने  दुई निलम्बन अंक एक टेस्ट वा दुई एक दिवसीय वा दुई टी-२० बाट प्रतिबन्ध बराबर हुनेछ ।

 

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?