Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

रुसमा हुने मानवतस्करी रोक्न श्रममन्त्री भण्डारीको ध्यानाकर्षण


काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरू गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

उक्त संघले विगतदेखि रसियामा काम गर्दै आएका नेपालीहरूको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाई उनीहरूलाई निर्बाध रूपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो । डा.बद्री केसी अध्यक्ष रहेको समूहको नेतृत्वमा मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जानेक्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।

सो संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा स्थायी रूपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरूको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ ।

यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमन बाट रुस जाने नेपालीहरूलाई रोक्ने, श्रम स्वीकृति नगर्ने जस्ता घटनाहरू भइरहेकोप्रति समेत संघले ध्यान आकर्षण गराएको छ । उक्त भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?