Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

आजदेखि शिल्पीमा ‘गंगालाल’ मञ्चन हुने 


काठमाडौं। शिल्पी थिएटर बत्तीसपुतलीमा शुक्रबारदेखि माघ २९ गतेसम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ । त्यस्तै, गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो ।

उक्त नाटकमा सहिद गंगालाललाई क्रान्तिकारीमात्र नभई एक पूर्ण मानिसको रूपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरूलाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिएका छन् ।

त्यस्तै, ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा सङ्गीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन् । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् । निर्देशक चे शंकरका अनुसार शनिबार १ बजे पनि मञ्चन हुने नाटक स्कुलका बालबालिका र शैक्षिक संस्थाहरूले अनुरोध गरेमा भिन्न–भिन्न समयमा पनि मञ्चन हुनेछ ।

निर्देशक चे शंकरले यसअघि ‘कोही किन बर्बाद होस्’, ‘म्याड म्यान्स डायरी’, ‘लुक ब्याक इन एंगर’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘उलार’ नाटक निर्देशन गरिसकेका छन् ।

सो नाटकमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन् । सहिद दिवसको सन्दर्भ पारेर मञ्चन गर्न लागिएको नाटक बुधबार गत राष्ट्रिय नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो ।

नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदीपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमुएडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन् ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?