Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

रु दुई करोडको कारोबार गर्दै सकियो शुक्लागण्डकी महोत्सव


३० फागुन ,दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव रु दुई करोड बराबरको कारोबार गर्दै सकिएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको हो ।

महोत्सवको एक लाख दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता सुजित हिराचनले जानकारी दिए । मौलिक संस्कृति, खेल र स्थानीय उत्पादन एवं व्यापार प्रवद्र्धनका लागि महोत्सव सफल भएको हिराचनले बताए ।

महोत्सव अवधिमा भएका भलिबल प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, झाँकी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई समापन समारोहमा पुरस्कार वितरण गरिएको छ ।

गायन प्रतियोगितामा मन्दिर थापामगर प्रथम, सन्तराज विश्वकर्मा द्वितीय र पदम नेपाली तृतीय भएका छन्‌ ।

खुला नृत्य प्रतियोगितामा सुनिल राना मगर प्रथम, इसिका नेपाली द्वितीय र कृति गुरुङ तृतीय भएका छन्‌ ।

झाँकीतर्फ तमु समाज खैरेनीटार प्रथम, तमु समाज दुलेगौडा द्वितीय र ईश्वरी बह्मकुमारी विश्वविद्यालय खैरेनीटार तृतीय भएको छ ।

यस्तै अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।

फाइनल खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो । उपाधिसँगै बौदीकाली गाउँपालिकाले रु एक लाख ५० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।

द्वितीय भएको वालिङ नगरपालिकाले रु एक लाख नगदमा चित्त बुझायो । तेस्रो स्थानका लागि भएको खेलमा बागलुङको गलकोट नगरपालिका तृतीय भएको छ ।

गलकोट र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीच भएको खेल जित्दै गलकोटले नगद रु २५ हजार प्राप्त गरेको छ ।

चौथो भएको शुक्लागण्डकीले रु १५ हजार प्राप्त गरेको छ ।

यसैगरी महोत्सवमै सञ्चालित खुला पुरुष ब्याडमिन्टनको उपाधि सुशील भुजेल र लक्ष्मण लामाले जितेका छन्‌ ।

फाइनलमा धिरज केसी र विमल बानियाँको जोडीलाई पराजित गर्दै उनिहरुले ब्याडमिन्टन प्रतियोगिताको उपाधि जिते ।

सि लेबलको प्रतियोगितामा गाछेपानीस्थित जिअस व्याडमिन्टनका क्लबका उनिहरु प्रथम हुन सफल भएको प्रतियोगिता संयोजक वरदान क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा बसन्त लालचन र मनबहादुर आलेको जोडी तथा विक्रम रेउले र तारा थापाको जोडी तृतीय भएको छ ।

प्रथम र द्वितीय हुने खेलाडीहरुले क्रमशः रु २० हजार नगद र रु दश हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्‌ ।

तृतीय भएको जोडीलाई भने मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलको पदयात्रालाई समावेश गरिएको थियो ।

महोत्सवमा घरेलु, कृषि, व्यावसायिक, रेष्टुराँ, सामाजिक संस्थालगायत कूल दुई सय १७ स्टल रहेका थिए ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?