Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

जति नै विरोध गरे पनि गठबन्धन भत्किने छैन्: अध्यक्ष नेपाल


काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरेपनि गठबन्धन नभत्किने बताएका छन् । बिहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरेपनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए ।

उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन्, वान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन्, तर उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागेपनि गठबन्धन भत्किनेवाला छैन् । पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिम अनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने हाम्रो पनि चाहना छ ।’

त्यस्तै उनले भाषण र वाचाभन्दा परिणाममूखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?