Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

प्रधानमन्त्री कपः आज दुई खेल हुँदै


काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् ।

आज टियु मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेका छन् । अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ८ खेलमा सबै खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

त्यस्तै एपीएफ क्लब ९ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ । कर्णाली प्रदेश ९ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ९ खेलमा एक जित र ८ हार बेहोरेर नवौं स्थानमा छ ।

त्यस्तै कोशी प्रदेशले खेलेका ९ खेलमा एक जित र ८ बेहोरेर पुछारमा रहेको छ ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?