Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


काठमाडौं। मोरङमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करले ७० वर्षीय जयप्रकाश रेग्मीको मृत्यु भएको छ । को ३८ प ९९३७ नम्बरको मोटरसाइकलको ठक्करले सिकिस्त घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ग्रामथान–२ घर भएका २० वर्षीय उपेश सरदारको मृत्यु भएको हो । ठक्करले पैदल यात्री सरदार सिकिस्त घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?