Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


काठमाडौं। मोरङमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करले ७० वर्षीय जयप्रकाश रेग्मीको मृत्यु भएको छ । को ३८ प ९९३७ नम्बरको मोटरसाइकलको ठक्करले सिकिस्त घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ग्रामथान–२ घर भएका २० वर्षीय उपेश सरदारको मृत्यु भएको हो । ठक्करले पैदल यात्री सरदार सिकिस्त घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?