Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

लगातार तीन दिन उकालाे लागेकाे नेप्से परिसूचकमा आज गिरावट


काठमाडौं। यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ भने सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ०४ प्रतिशतले घटेको छ ।

त्यसैगरी, सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६३ करोड ८७ लाख ८२ हजार छ सय ९१ बराबरको आठ लाख ८९ हजार आठ सय ६८ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?