Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

बंगलादेश विरूद्ध कप्तान देव खनाल ३५ रन बनाएर आउट


काठमाडौं। यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ। दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुवै ओपनर सहित चार विकेट गुमाएको हो।

चौथो विकेटको रूपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भएका छन् । उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे भने २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हिर्काए।

त्यस्तै, तेस्रो विकेटको रूपमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए । आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?