Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

४ हजार घुस लिने अमिन विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारले बुधबार चार हजार रुपैयाँ घुस लिने ढकालविरुद्ध आरोपपत्र दायर गरेको हो ।

त्यस्तै, अख्तियारमा प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘ अनुसन्धानको सिलसिलामा नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवतवापत रु.४,००० रुपैयाँ माग गरी लिएको पुष्टि भएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको हुँदा निज गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु ४,००० ।–  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

नापी कार्यालय नवलपरासीका अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग चार हजार घुस मागेको अख्तियारको ठहर रहेको छ ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?