Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

४ हजार घुस लिने अमिन विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारले बुधबार चार हजार रुपैयाँ घुस लिने ढकालविरुद्ध आरोपपत्र दायर गरेको हो ।

त्यस्तै, अख्तियारमा प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘ अनुसन्धानको सिलसिलामा नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवतवापत रु.४,००० रुपैयाँ माग गरी लिएको पुष्टि भएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको हुँदा निज गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु ४,००० ।–  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

नापी कार्यालय नवलपरासीका अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग चार हजार घुस मागेको अख्तियारको ठहर रहेको छ ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?