Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बलिउड अभिनेता सलमान खानको नाममा घोटाला


नयाँ दिल्ली। बलिउड अभिनेता सलमान खानको नाममा घोटाला भइरहेको छ । खानको प्रडक्शन हाउसले यसबारे अलर्ट गराउन नोटिस नै जारी गरेको छ ।

सलमान खान फिल्म्स (एसकेएफ)ले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो प्रडक्शन हाउसको नामबाट अभिनेता र अभिनेत्रीहरूलाई आउन सक्ने फेक फोन कलबारे सतर्क गराएका थिए । अहिले आफूहरूले कुनै पनि फिल्मका लागि कास्टिङ नगरेको एसकेएफले भनेको छ । केही मान्छेले भ्रम फैलाइरहेको अनि यस्तो गर्ने विरुद्ध कडा कारबाही गर्न पनि भनिएको छ ।

त्यसैगरी, एसकेएफको आधिकारिक ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा अहिले कुनै फिल्मको कास्टिङ नभएको बताइएको छ । आफूले गर्दै नगरेको कास्टिङ गरिरहेको भन्दै अफवाह फैलिरहेको थाहा पाएपछि एसकेएफले विज्ञप्ति जारी गरेको थियो । यस मामिलामा सलमान खानको समेत नाम मुछिएको छ । अभिनेताको नाम गलत तरिकाले प्रयोग भएको पाएपछि उनको नाम बदनाम नहोस् भनेर उनको टिमले ट्विटरमा एड्भाइजरी जारी गर्दै यसबारे अलर्ट गराएका थिए ।

सलमान खानको टिमले यस्तो खालको अलर्ट म्यासेज जारी गरेको यो नै पहिलो पटक होइन । गएको वर्ष पनि कम्पनीले सलमानको नाम लिएर फेक गर्नेहरु विरुद्ध एक्सन लिएका थिए भने सर्वसाधारणहरूलाई यसबारे सतर्क समेत गराएका थिए ।

सलमान खानको ब्यानरमा बजरंगी भाइजान, दबंग फ्रेन्चाइजी, हीरो, ट्युबलाइट, नोटबुक, लवयात्री, भारत, कागज, राधे, अन्तिम र किसीका भाइ किसीका जान जस्ता कयौं हिट फिल्म बनेका छन् ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?