Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

२६ करोड ठगी गरेको आरोपमा नौ जना विरुद्ध मुद्दा दायर


काठमाडौं। ठगी गरेको आरोपमा ९ जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा रहेको काल भैरव सहकारीविरुद्ध बचतकर्ताको रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

त्यस्तै, सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड ९४ लाख ९६ हजार ८ सय ९४ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ भने एक सय ११ जना बचतकर्ताले सहकारीले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका थिए ।

सहकारीका अध्यक्ष ५१ वर्षीय हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष ६२ वर्षीय प्रेम श्रेष्ठ, कोषाध्यक्ष ७२ वर्षीय सेरलाल श्रेष्ठसहितलाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

 

 


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?