Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

२६ करोड ठगी गरेको आरोपमा नौ जना विरुद्ध मुद्दा दायर


काठमाडौं। ठगी गरेको आरोपमा ९ जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा रहेको काल भैरव सहकारीविरुद्ध बचतकर्ताको रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

त्यस्तै, सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड ९४ लाख ९६ हजार ८ सय ९४ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ भने एक सय ११ जना बचतकर्ताले सहकारीले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका थिए ।

सहकारीका अध्यक्ष ५१ वर्षीय हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष ६२ वर्षीय प्रेम श्रेष्ठ, कोषाध्यक्ष ७२ वर्षीय सेरलाल श्रेष्ठसहितलाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

 

 


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?