Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रधानमन्त्री कपःकर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य


काठमाडौं। युवा विकेटकिपर अर्जुन घर्ती र हिमान्शु शाहीको अर्धशतकसँगै कुल १४ छक्काको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली ४४.१ ओभरमा २०६ रनमा अल आउट भयो । कर्णालीका मध्यक्रमका ब्याटर हिमान्शु शाहीले ५० बलमा २ चौका र ७ छक्कासहित ६२ रनको एक आक्रामक इनिङ खेले ।

त्यस्तै, अर्जुन घर्ती ७४ बलमा १ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । एक समय ३०-३ को अवस्थामा पुगेको कर्णालीलाई हिमान्शु र अर्जुनले १११ रनको शतकीय साझेदारी गर्दै एक समय २७.२ ओभरमा १४१.३ को बलियो अवस्थामा पुर्‍याएका थिए, तर बाँकी ६५ रन जोड्दा ७ विकेट गुमाएपछि कर्णालीले विशाल योगफल बनाउने अवसर गुमाएको थियो ।

टियु एन्डबाट आएका तीव्र गतिका बलर अमरसिंह राउटेला २८ औँ ओभरको दोस्रो बलमा टप एज लागेर थर्डम्यानमा उनी रमेश कुर्मीबाट क्याच आउट भए । त्यो विकेट खेलको टर्निङ प्वाइन्ट बन्यो । त्यस्तै, ३३ औँ ओभरको तेस्रो बलमा सन्दीप जोराले अर्जुनलाई उत्कृष्ट रन आउट गरे । त्यसपछि कर्णालीका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन् ।

दिनेश अधिकारी १९ बलमा ४ चौकासहित १९ र प्रकाश जैसी १० रनमा आउट भए । कर्णालीबाट हिमान्शु ७, रविन्द्र १, अर्जुन र दीपेन्द्रले ३/३ गरी कुल १४ छक्का हानेका थिए । एपीएफका मौसम ढकालले ९ ओभरमा २ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । अमर राउटेलाले ७.१ ओभरमा ४० रन खर्चेर २, भुवन कार्की र रमेश कुर्मीले १/१ विकेट लिए ।

कर्णालीका ओपनर निश्चल रावल स्पिनर रमेश कुर्मीको बलमा ६ रनमा एज लागेर आसिफ शेखबाट क्याच आउट भएका थिए । राजेश खड्का १ रनमा रन आउट भए । रविन्द्रजंग शाही ३० बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भएका थिए । दीपेन्द्र रावत २४ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा आउट भए ।

 


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?