Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्‍यो: अध्यक्ष यादव


धनुषा। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेस पछि परेको बताएका छन्।

समाजवादी महिला सङ्घ मधेस प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासक वर्गको मदेसप्रतिको विभेदकारी नीतिका कारण शिक्षा , स्वास्थ्य, रोजगार जस्तो आधारभूत क्षेत्रमा मधेस पछि परेको बताएका छन् ।

त्यस्तै, समथल भूभाग , उर्वर भूमि जस्ता विकासका आधारभूत तत्त्वहरू मधेसमा भए पनि सबै क्षेत्रमा मधेस पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै रहेको भन्दै अध्यक्ष यादवले मुलुक सङ्घीय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन नसकेको दाबी गरेका छन् ।

मधेसी जनताले शासक वर्गको रवैया विरुद्ध गरेको भीषण विद्रोहको बलमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासक वर्गको मधेसप्रतिको रवैया अझै सुध्रिन नसकेको दाबी गरे ।

मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुविधामा समेत विभेद भइरहेको उल्लेख गर्दै अध्यक्ष यादवले विभेद अन्त्य नभएसम्म मधेस विकास निर्माणमा फड्को मार्न नसक्ने समेत बताएका छन् ।

 


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?