Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्‍यो: अध्यक्ष यादव


धनुषा। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेस पछि परेको बताएका छन्।

समाजवादी महिला सङ्घ मधेस प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासक वर्गको मदेसप्रतिको विभेदकारी नीतिका कारण शिक्षा , स्वास्थ्य, रोजगार जस्तो आधारभूत क्षेत्रमा मधेस पछि परेको बताएका छन् ।

त्यस्तै, समथल भूभाग , उर्वर भूमि जस्ता विकासका आधारभूत तत्त्वहरू मधेसमा भए पनि सबै क्षेत्रमा मधेस पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै रहेको भन्दै अध्यक्ष यादवले मुलुक सङ्घीय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन नसकेको दाबी गरेका छन् ।

मधेसी जनताले शासक वर्गको रवैया विरुद्ध गरेको भीषण विद्रोहको बलमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासक वर्गको मधेसप्रतिको रवैया अझै सुध्रिन नसकेको दाबी गरे ।

मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुविधामा समेत विभेद भइरहेको उल्लेख गर्दै अध्यक्ष यादवले विभेद अन्त्य नभएसम्म मधेस विकास निर्माणमा फड्को मार्न नसक्ने समेत बताएका छन् ।

 


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?