Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

एसिया कप : पेनाल्टी सूटआउटमा जित निकाल्दै दक्षिण कोरिया क्वाटरफाइनलमा


काठमाडौं। पेनाल्टी सूटआउटमा साउदी अरेबियालाई स्तब्ध बनाउँदै दक्षिण कोरिया कतारमा जारी एएफसी एसिया कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल एक–एक गोलको बराबरीमा सकिए पछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । जसमा दक्षिण कोरिया ४-२ गोल अन्तरले विजयी भएको हो भने दक्षिण कोरिया हार नजिक पुगेको अवस्थामा दोस्रो हाफको अतिरिक्त यमयको अन्तिम मिनेटमा गोल गर्दै खेल लम्बाएको थियो ।

दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा दक्षिण कोरियाका चो गुए संगले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले । त्यसपछिको ३० मिनेटमा पनि थप गोल ननिस्किएपछि पेनाल्टीको सहारा लिनु परेको थियो ।

जसमा दक्षिण कोरिया ४-२ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भयो भने दक्षिण कोरियाले सेमिफाइनल प्रवेशका लागि शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ ।

त्यस्तै, ४६औं मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह रडिफले गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुमै वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका अब्दुल्लाहले गोल गर्दै सनसनी मच्चाए ।

 


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?