Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

चलचित्र ‘खुस्मा’ को छायाङ्कन मनाङबाट


मनाङ।  चलचित्र ‘खुस्मा’ को पहिलो तालिका अन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो ।
त्यस्तै, हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । उक्त चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थाल्नुभएको निर्माण पक्षको भनाइ रहेको छ ।
सो चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गरेका हुन् । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ भने यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहेका छन् ।
उक्त चलचित्रमा एस डी योगीको सङ्गीत र दीपक बज्राचार्यले छायाङ्कन गर्नेछन् । सो चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?