Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

अर्थतन्त्र विकासमुखी भएनः सह महामन्त्री पाण्डे


बाजुरा। नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कोल्टीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री पाण्डेले पुँजीगत खर्चभन्दा अन्य खर्च बढी भएकाले विकासमुखी बजेट बन्न नसकेको जिकिर गरेका हुन् । उक्त भेटघाट कार्यक्रममा नेता पाण्डेले सरकारले ल्याएको भन्दा थोरै बजेट विकास–निर्माणमा भएकाले प्राथमिकतामा नपरेको बताएका छन् ।

सहमहामन्त्री पाण्डेले अहिले संसद्मा कानुन निर्माणका लागि बनाइएका समितिले पनि काम गर्न नसकेकामा चिन्ता व्यक्त गरे । सांसदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको स्वीकारोक्ति छ भने सांसदले गर्नुपर्ने कामभन्दा पनि आउने निर्वाचन केन्द्रित हुन थालेकाले संसद्को भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ रहेको थियो ।

सहमहामन्त्री पाण्डेले भने, “प्रत्येक १० वर्षको अवधिमा संविधानमा भएका कुरा थपघट गर्न संविधान पुनरावलोकनमा सोच्नुपर्ने अवस्था आएको छ ।” कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्र्रमुख तुलसीराम रोकायाले जिल्लामा राजनीतिक नेतृत्वमा अभिभाकत्वको भूमिका निर्वाह गर्नेको खाँचो रहेको बताएका छन् ।

उक्त जिल्लाको पर्यटकीय सम्भावना थुप्रै भएकाले त्यसको प्रचार(प्रसार र पहिचान बढाउन आवश्यक रहेको समन्वय प्रमुख रोकायाले बताए ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?