Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
५ भाद्र २०८२, शुक्रबार
५ भाद्र २०८२, शुक्रबार

अर्थतन्त्र विकासमुखी भएनः सह महामन्त्री पाण्डे


बाजुरा। नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कोल्टीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री पाण्डेले पुँजीगत खर्चभन्दा अन्य खर्च बढी भएकाले विकासमुखी बजेट बन्न नसकेको जिकिर गरेका हुन् । उक्त भेटघाट कार्यक्रममा नेता पाण्डेले सरकारले ल्याएको भन्दा थोरै बजेट विकास–निर्माणमा भएकाले प्राथमिकतामा नपरेको बताएका छन् ।

सहमहामन्त्री पाण्डेले अहिले संसद्मा कानुन निर्माणका लागि बनाइएका समितिले पनि काम गर्न नसकेकामा चिन्ता व्यक्त गरे । सांसदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको स्वीकारोक्ति छ भने सांसदले गर्नुपर्ने कामभन्दा पनि आउने निर्वाचन केन्द्रित हुन थालेकाले संसद्को भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ रहेको थियो ।

सहमहामन्त्री पाण्डेले भने, “प्रत्येक १० वर्षको अवधिमा संविधानमा भएका कुरा थपघट गर्न संविधान पुनरावलोकनमा सोच्नुपर्ने अवस्था आएको छ ।” कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्र्रमुख तुलसीराम रोकायाले जिल्लामा राजनीतिक नेतृत्वमा अभिभाकत्वको भूमिका निर्वाह गर्नेको खाँचो रहेको बताएका छन् ।

उक्त जिल्लाको पर्यटकीय सम्भावना थुप्रै भएकाले त्यसको प्रचार(प्रसार र पहिचान बढाउन आवश्यक रहेको समन्वय प्रमुख रोकायाले बताए ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?