Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रधानमन्त्री कप: लुम्बिनीलाई कोशीले दियो १७३ रनको मध्यम लक्ष्य


काठमाडौं। कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १७३ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४।४ ओभरमा १७२ रनमा अल आउट भयो ।

कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले ६५ बलमा ९ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । सौजन घिमिरे ६९ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए ।

मिनाश थापा ३४ बलमा ५ चौकासहित २५, समीर कार्की शून्य, आशिष भट्टराई १०, सोनु अन्सारी १७, फिर्दोस अन्सारी ४, भुपाल लुइटेंल ५ र कमल खत्री शून्य आउट भए ।

लुम्बिनीका नर सार्कीले १० ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ४ विकेट लिए भने अभिषेक गौतमले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै, वीर मगरले ७.४ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्कीले १ विकेट लिए । कोशी ८ खेलमा सबै खेलमा हारका साथ पुछारमा छ । लुम्बिनी ७ खेलमा २ अंकका साथ नवौँ स्थानमा छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?