Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री कप: लुम्बिनीलाई कोशीले दियो १७३ रनको मध्यम लक्ष्य


काठमाडौं। कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १७३ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४।४ ओभरमा १७२ रनमा अल आउट भयो ।

कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले ६५ बलमा ९ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । सौजन घिमिरे ६९ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए ।

मिनाश थापा ३४ बलमा ५ चौकासहित २५, समीर कार्की शून्य, आशिष भट्टराई १०, सोनु अन्सारी १७, फिर्दोस अन्सारी ४, भुपाल लुइटेंल ५ र कमल खत्री शून्य आउट भए ।

लुम्बिनीका नर सार्कीले १० ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ४ विकेट लिए भने अभिषेक गौतमले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै, वीर मगरले ७.४ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्कीले १ विकेट लिए । कोशी ८ खेलमा सबै खेलमा हारका साथ पुछारमा छ । लुम्बिनी ७ खेलमा २ अंकका साथ नवौँ स्थानमा छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?