Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


विराटनगर।  १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-१२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी-८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शनिबार राति ती युवकले किशोरीलाई ललाइफकाइ गरी होटलमा पुर्‍याएर बलात्कार गरेका थिए । किशोरीका आफन्तले बलात्कार गरेको जानकारीसहित प्रहरीमा उजुरी गरेका थिए । उक्त घटनापछि सम्पर्कविहीन भएका युवकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?