Trending
>>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि >>   शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना >>   करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद… >>   सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

यू-१९ विश्वकपमा आजबाट सुपर सिक्स चरणका खेल हुँदै


काठमाडौं। दक्षिण अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा आजबाट सुपर सिक्स चरणका खेलहरू हुँदै छन्।

त्यस्तै, समूहचरणका खेलपछि ४ समूहबाट हरेक तीन टोली सुपर सिक्समा प्रवेश गरेका छन् भने सुपर सिक्समा १२ देशलाई २ समूहमा विभाजन गरेर ६/६ टिमका दुई समूह बनाइएको छ। सुपर सिक्सको समूह १ मा नेपाल सहित न्युजिल्यान्ड, पाकिस्तान बंगलादेश आयरल्यान्ड र भारत रहेका छन् । सो समूहबाट भारत र पाकिस्तान समूहचरणको ४ अंकसहित प्रवेश गरेकाले उनीहरूको सेमिफाइनल सम्भावना बलियो छ।

सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने छन् । पाकिस्तान र भारत एकै समूहमा भए पनि यी दुई देशबीच खेल हुने छैन। समूह विजेता भएका टोलीले एक अर्काविरुद्ध खेल्नु नपर्ने भएकाले भारतको खेल समूह ‘डी’मा दोस्रो स्थानमा रहेको न्युजिल्यान्ड र तेस्रो स्थानको नेपालसँग हुनेछ। त्यस्तै पाकिस्तानले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको बंगलादेश र तेस्रो स्थानको आयरल्यान्डसँग भिड्ने छ।

आफूले पराजित गरेको टोली सपुर सिक्समा पुगे उनीहरूलाई हराएको अंक ‘क्यारि’ हुने भएकाले भारतले समूहचरणमा बंगलादेश र आयरल्यान्डलाई हराउँदै जोडेको चार अंक सुपर सिक्समा कायम रहने छ। किनकि बंगलादेश र आयरल्यान्ड सुपर सिक्समा पुगेका छन्। त्यस्तै, पाकिस्तानले पनि नेपाल र न्युजिल्यान्डलाई हराएकाले उसले पनि चार अंकका साथनै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्सका खेल आजदेखी शनिबार अर्थात् ३ फेब्रुअरीसम्म हुने छ। जहाँबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलको यात्रा तय गर्नेछन्। अर्को समूहबाट पनि शीर्ष २ मा रहने टिम सेमिफाइनलका लागि क्वालिफाइ हुनेछन्। त्यसैगरी, समूह २ मा ‘बी’ र ‘सी’का शीर्ष तीन टोली रहेका छन् । जसमा आयोजक दक्षिण अफ्रिकासहित, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वे रहेका छन्।

विश्वकपमा सुपर सिक्सअन्तर्गत आज चार खेल हुनेछन्। जसमा भारत र न्युजिल्यान्ड भिड्दा अर्को खेलमा श्रीलंका र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै आयरल्यान्ड र पाकिस्तान समेत भिड्ने छन्।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?