Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

यू-१९ विश्वकपमा आजबाट सुपर सिक्स चरणका खेल हुँदै


काठमाडौं। दक्षिण अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा आजबाट सुपर सिक्स चरणका खेलहरू हुँदै छन्।

त्यस्तै, समूहचरणका खेलपछि ४ समूहबाट हरेक तीन टोली सुपर सिक्समा प्रवेश गरेका छन् भने सुपर सिक्समा १२ देशलाई २ समूहमा विभाजन गरेर ६/६ टिमका दुई समूह बनाइएको छ। सुपर सिक्सको समूह १ मा नेपाल सहित न्युजिल्यान्ड, पाकिस्तान बंगलादेश आयरल्यान्ड र भारत रहेका छन् । सो समूहबाट भारत र पाकिस्तान समूहचरणको ४ अंकसहित प्रवेश गरेकाले उनीहरूको सेमिफाइनल सम्भावना बलियो छ।

सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने छन् । पाकिस्तान र भारत एकै समूहमा भए पनि यी दुई देशबीच खेल हुने छैन। समूह विजेता भएका टोलीले एक अर्काविरुद्ध खेल्नु नपर्ने भएकाले भारतको खेल समूह ‘डी’मा दोस्रो स्थानमा रहेको न्युजिल्यान्ड र तेस्रो स्थानको नेपालसँग हुनेछ। त्यस्तै पाकिस्तानले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको बंगलादेश र तेस्रो स्थानको आयरल्यान्डसँग भिड्ने छ।

आफूले पराजित गरेको टोली सपुर सिक्समा पुगे उनीहरूलाई हराएको अंक ‘क्यारि’ हुने भएकाले भारतले समूहचरणमा बंगलादेश र आयरल्यान्डलाई हराउँदै जोडेको चार अंक सुपर सिक्समा कायम रहने छ। किनकि बंगलादेश र आयरल्यान्ड सुपर सिक्समा पुगेका छन्। त्यस्तै, पाकिस्तानले पनि नेपाल र न्युजिल्यान्डलाई हराएकाले उसले पनि चार अंकका साथनै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्सका खेल आजदेखी शनिबार अर्थात् ३ फेब्रुअरीसम्म हुने छ। जहाँबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलको यात्रा तय गर्नेछन्। अर्को समूहबाट पनि शीर्ष २ मा रहने टिम सेमिफाइनलका लागि क्वालिफाइ हुनेछन्। त्यसैगरी, समूह २ मा ‘बी’ र ‘सी’का शीर्ष तीन टोली रहेका छन् । जसमा आयोजक दक्षिण अफ्रिकासहित, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वे रहेका छन्।

विश्वकपमा सुपर सिक्सअन्तर्गत आज चार खेल हुनेछन्। जसमा भारत र न्युजिल्यान्ड भिड्दा अर्को खेलमा श्रीलंका र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै आयरल्यान्ड र पाकिस्तान समेत भिड्ने छन्।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?