Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा


काठमाडौं। गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बन्न सफल भएको हो । यससँगै पुलिसले सातौँ खेलमा साताँै जित निकाल्दै दुई खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको छ भने पुलिस १४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित गण्डकी भने आठ खेलमा चार अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।

गण्डकीका लागि सन्दीप पराजुलीले दुई विकेट लिए भने कमल परियार र कप्तान विपिन खत्रीले समान एक/एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७० रनको योगफल बनाएको थियो ।

गण्डकी प्रदेशले प्रस्तुत गरेको एक सय ७१ रनको लक्ष्य पुलिसले २४ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍ यो । पुलिसको जितमा दिलिप नाथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र चार छक्काको मद्दतले ५७ रन बनाएका हुन् भने अर्जुन साउदले अविजित ४४ रन बनाउँदा आरिफ शेखले अविजित २७, कुशल भुर्तेलले २२ र शङ्कर रानाले १२ रन बनाए ।

गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले ३९ बलमा आठ चौका र दुई छक्काको मद्दतले ५० रन जोडेका हुन् । यसैगरी किरण पंगेनी र कमल परियारले समान ३०/३० रन बनाए भने समिर कँडेलले २९ र कृष ऐरले १० रन बनाए ।

त्यस्तै, बलिङतर्फ पुलिसका राशिद खानले पाँच विकेट लिए भने करण केसी र ललितनारायण राजवंशीले समान दुई/दुई विकेट झारे । कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?