Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

 व्यवसायीलाई १० हजार रुपैयाँभन्दा बढी जरिवाना गर्नुहुँदैन: उद्योग महासंघ


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले ऐन, कानुनको पालना नगर्ने व्यापारी, व्यवसायीहरूलाई १० हजार रुपैयाँ भन्दा बढी जरिवाना गर्न नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको विषयमा भएको छलफलमा उनले व्यापारीलाई सजायको हद १० हजार रुपैयाँ भन्दा बढी राख्नु अनुचित रहेको बताएका हुन् ।

त्यस्तै, विधेयकमा दूषित र मिसावटलाई एउटै हो भन्ने किसिमले व्यवस्था गरिएको भन्दै कुनै वस्तुमा मिसावट हुने बित्तिकै त्यो वस्तु दूषित भनी कारबाही गर्ने ऐनको प्रावधानलाई परिवर्तन गरी दूषित र मिसावटसम्बन्धी छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने समेत बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम राम्रो मिति (बेस्ट विफोर डेट) लेभलमा खुलाउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?