Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो


काठमाडौं। गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो ।

आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो । त्यस्ते, तीन सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता शेयर एक लाख तीन हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, बैंकिङ समूह शून्य दशमलव ०६, लघुवित्त समूह शून्य दशमलव ०५ र निर्जीवन बीमा समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ भने सबैभन्दा धेरै अन्य समूह एक दशमलव ६४ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले बढेका छन् ।

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी, कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रू ६० करोड १६ लाख ७१ हजार आठ सय नौ बराबरको नौ लाख पाँच सय ११ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?