Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विभिन्न स्थानमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका-८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मोतिपुरस्थित सडकमा लु।२ च ७३८७ नम्बरको बलेरो पिकअप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ गजेडा बस्ने ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित सडकमा ग.१ क ५०१२ नम्बरको मिनी ट्रक र प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका-७ मेहलकुनास्थित सडकमा भे.१ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया भिमी कामीको मृत्यु भएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?