Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सोसल मिडियाको नकारात्मक प्रभाव बढ्योः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियाले नकारात्मक प्रभाव जमाइरहेको बताएका छन् । उनले सोसल मिडिया स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको समेत बताएका छन् ।

सोमबार माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोसल मिडियाका नकारात्मक गतिविधिलाई प्रतिवाद गर्न जरुरी रहेको बताए । प्रधानमन्त्रीले भने, ‘हामीबाट त्यस्ता तत्त्वको प्रतिवाद भइरहेको छैन । अझै पुगेको छैन यसका लागि प्रेस सेन्टर अलि लाग्नुपर्छ ।’

त्यस्तै, अहिले आइटीको जमाना भएको भन्दै उनले त्यसको विशेषता बुझ्नुपर्ने र त्यसमा अभ्यस्त हुन समेत उनले पत्रकारहरूलाई आग्रह गरेका छन् । विगतमा साप्ताहिक पत्रिकाले राजनीतिक परिवर्तनका लागि ठुलो भूमिका खेलेको बताउँदै प्रधानमन्त्रीले अहिले युग परिवर्तन भएकोले नयाँ ढङ्गबाट सोच्नुपर्ने दिन आएको बताए ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय प्रेस सेन्टरको क्रियाशीलता बढेको बताउँदै माओवादीमाथि भइरहेको प्रहारको प्रतिवाद गर्न अझै मेहनत बढाउन पत्रकारहरूलाई आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?