Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

सोसल मिडियाको नकारात्मक प्रभाव बढ्योः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियाले नकारात्मक प्रभाव जमाइरहेको बताएका छन् । उनले सोसल मिडिया स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको समेत बताएका छन् ।

सोमबार माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोसल मिडियाका नकारात्मक गतिविधिलाई प्रतिवाद गर्न जरुरी रहेको बताए । प्रधानमन्त्रीले भने, ‘हामीबाट त्यस्ता तत्त्वको प्रतिवाद भइरहेको छैन । अझै पुगेको छैन यसका लागि प्रेस सेन्टर अलि लाग्नुपर्छ ।’

त्यस्तै, अहिले आइटीको जमाना भएको भन्दै उनले त्यसको विशेषता बुझ्नुपर्ने र त्यसमा अभ्यस्त हुन समेत उनले पत्रकारहरूलाई आग्रह गरेका छन् । विगतमा साप्ताहिक पत्रिकाले राजनीतिक परिवर्तनका लागि ठुलो भूमिका खेलेको बताउँदै प्रधानमन्त्रीले अहिले युग परिवर्तन भएकोले नयाँ ढङ्गबाट सोच्नुपर्ने दिन आएको बताए ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय प्रेस सेन्टरको क्रियाशीलता बढेको बताउँदै माओवादीमाथि भइरहेको प्रहारको प्रतिवाद गर्न अझै मेहनत बढाउन पत्रकारहरूलाई आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?